स्वनिर्भर दलद्वारा पर्यटकहरूका लागि जातीय पोशाक लगाएर फोटो खिँच्ने व्यवस्था

IMG-20240315-WA0219.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको सारथी स्वनिर्भर दलद्वारा तीनधारेको प्रसिध्द बन्दै गएको पर्यटकीय स्थलमा पर्यटकहरूका लागि जातीय पोशाकहरू राखेर फोटो खिँच्ने व्यवस्था गरेर आय स्रोतक माध्यम बन्ने जमर्को थालेका छन्। दशजना नानीहरूका समूह सारथी स्वनिर्भर दलद्वारा तीनधारेको गोलाई पाखास्थित वी लभ तीनधारे लेखेको स्थलमा नेपाली गोर्खे जातीय पोशाक लगाएर फोटो खिँच्ने व्यवस्था गर्नलाई आज उदघाटन कार्यक्रम आयोजना गरिएको छ। तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री र तीनधारे पुलिस आउट पोष्टको ओसी सुब्रतो दत्तको विशेष उपस्थितिमा उक्त कार्यको थालनी गरिएको छ। नारीहरू स्वनिर्भर बन्ने दिशामा शुरु गरिएको स्वनिर्भर दलले तीनधारेको प्रसिध्द बन्दै गईरहेको गोलाई पाखास्थित ‘वी लभ तीनधारे’ मा जातीय पोशाक लगाएर फोटो खिँच्न व्यवस्था गरेर आय स्रोतको माध्यम बनाउने भएको छ। यसको लागि पर्यटकहरूले एकजनाले पचास रूपियाँ तिरेर जातीय पोशाक लगाएर फोटो खिँच्न सक्ने भएको छ। यो व्यवस्था सप्ताहमा दुई दिन शनिवार र आईतबार राखिने र यदि मांग भएको खण्डमा अरू दिन पनि राखिने भएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रमपछि क्षेत्रीय सभासद नवराज छेत्रीले घैयाबारी ग्राम पञ्चायत दुईको सारथी स्वनिर्भर दलले गरेको पहललाई समर्थन गर्दै एनएच ५५ को अभियन्तालाई अनुमतिको लागि पत्रचार गर्ने सुझाव दिन्दै आफुले पनि पत्रको फरवार्ड गर्ने र अस्थायी रूपमा भए पनि टेबलमा राखेर जातीय पोशाक लगाएर फोटो खिँच्न सक्ने व्यवस्था गर्न सहयोग गरोस् भनेर भन्ने बताएका छन्। उनले स्वनिर्भर दलको कार्यप्रति प्रशंसा गरे। त्यसरी नै सारथी स्वनिर्भर दलका सचिव प्रतिमा लामाले पनि पत्रकारहरूसित कुराकानी गर्दै यो विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement