सिलगढीको इन्डस्ट्रियल पार्कमा आगलागीको घटना

f0c4983f-19e8-461a-96ad-a16a6dbeeaa5-1024x461.jpg

सिलगढी: सिलगढीको ४१ नम्बर वार्डको इन्डस्ट्रियल पार्कमा भीषण आगलागी भएको छ। आगलागी हुँदा इलाकामा भागदौड मच्चिएको घटना आज बिहान लगभग साढे पाँच बजी घटेको हो। सबैभन्दा पहिला इन्डस्ट्रियल पार्कमा नायलनको धागो बनाउने फ्याक्ट्रीमा आगो लागेको थियो भने हेर्दा हेर्दा सो आगो छेउछाउको दुइवटा अन्य गोदाममा फैलियो। घटनाको खबर पाएर दमकलको ४ वटा इञ्जिन घटनास्थलमा पुगेर केही घण्टाको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। के कारणले गर्दा यो आगलागी भएको हो भन्ने बारे सठीक जानकारी पाइएको छैन। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement