नव निर्वाचित पञ्चायत सदस्य दिव्य तामाङको नेतृत्वमा गाउँको सफाई अभियान श्रीगणेश

ruk1.jpg

मिरिक: हाम्रो पार्टी मिरिकको नव निर्वाचित ग्राम पञ्चायत सदस्य दिव्य तामाङको नेतृत्वमा गाउँको साफ सफाई गर्नको साथै फूलका विरूवाहरू पनि लगाइने कार्य गरियो। मिरिकको स्कूल डाँडा ग्राम पञ्चायत बुथ नम्बर १ को धोवी खोला, क्याप लाइन, गोदाम धुरा आदि क्षेत्रहरूमा साफ सफाई गर्नको साथै यहाँ सयपत्री फूलको पन्ध्र सय भन्दा धेर विरूवाहरू लगाइयो। हाम्रो पार्टीको निर्वाचित ग्राम पञ्चायत सदस्य दिव्य तामाङको नेतृत्वमा सम्पन्न भएको साफ सफाई अनि फूलका विरूवाहरू लगाउइने अभियानमा स्थानीय गाउँलेहरूसँगै हाम्रो पार्टीका कार्यकर्ता एवं समर्थकहरूले अंश ग्रहण गरेका थिए। बर्खायामको पानीले बाटोको नालाहरू बुच्चिएको हुनाले बाटो बीच भएर पानी बग्दै आएकोले बाटो हिड्ने मानिसहरूले धेरै असुविधाको सामना गर्नु परिरहेको थियो। त्यसरी नै बाटोको छेउ किनारहरूमा जंगली झारहरू पलाएकोले मानिसहरूले धेरै समस्या भोग्न परिरहेका थिए।यी सबै कुरालाई ध्यानमा राखेर हाम्रो पार्टीको निर्वाचित सदस्य दिब्य तामाङको नेतृत्वहरूमा साफ सफाई अनि फूलका विरूवाहरू लगाइने कार्य गरिएको बताइएको छ।

यस अवसरमा नव निर्वाचित ग्राम पञ्चायत सदस्य दिब्य तामाङले भने, मतदाताहरूले हाम्रो पार्टी साथै आफुमाथि जुन आशा भरोसा गरेका छन, त्यसलाई इमान्दारितापूर्वक पालन गर्ने वचन दिँदछु। गाउँको विकास कार्यको निम्ति सरकारद्वारा जारी विविध विकास योजना निष्पक्षसँग प्रयोग गर्ने साथै बेरोजगारहरूलाई रोजगारको ब्यवस्था मिलाउने दिशामा काम गर्ने गाउँवासी तथा उपस्थित मानिसहरूलाई तिनले आश्वासन दिए।

About Author

Advertisement