सिलगढ़ी देवकोटा संघको हीरक वर्षको उपलक्ष्यमा स्थापना दिवस पालन

00-1-A-IMG-20230826-WA0147

सिलगढी: २५ अगस्त न् १९६३ मा आश्रम पाढ़ामा स्थपित सिलगढ़ी देवकोटा संघले आफ्नो हीरक वर्षको स्थापना दिवसमा हिजो (२५ अगस्त) कार्यक्रम आयोजना गर्यो। कार्यक्रमको मुख्य अतिथि तपूर्व सांसद श्रीमती दिलकुमारी भण्डारी थिइन् भने प्रमुख अतिथिको रुपमा पूर्व विधायिका श्रीमती रेनुलीला सुब्बा थिइन्। कार्यक्रममा सभापतित्व मिलन रूचालले गरेका थिए। हिजोई बलिदान दिवस रहेकोले संघको परिसरमा सजाएको शहीद दुर्गा मल्लको मूर्तिमा अतिथिहरूद्वारा माल्यार्पण गरियो।

श्रीमती पार्वती देवानद्वारा संचालित संघको पेक्षागृहमा आयोजित कार्यक्रममा अन्य अतिथिहरूमा प्रा० रविन छेत्री, प्रा० दिवाकर प्रधान, प्रा० राजेन्द्र भण्डारी थिए। संघका सहसचिव श्याम प्रधानले स्वागत वक्तव्य राख्दै संघको संक्षिप्त परिचय राखे। संघको संगीत विभागबाट स्वागत साथै संघको गीत प्रस्तुत गरे। संघको एक वर्षको गतिविधि बारेमा पावर प्वाइन्ट प्रजेन्टेशन श्रीमती देवीकला शर्मा र सुश्री सृजना शर्माले प्रस्तुत गरे। स्थापना दिवसको  उपलक्ष्यमा समाजको विशेष व्यक्तिहरुलाई सम्मान गरिने कार्यक्रममा समाजिक कार्यकर्ता सुश्री रंगु सौरिया, संगीतकार अर्जुन गजमेर र गोपाल गजमेरलाई सम्मान जनाए। समारोहमा नेपालका कवि श्रीमती लीला अनमोलले ज्ञानवर्धक उत्प्रेरणाका वक्तव्य राखे।

समारोहमा हीरक वर्षको उपलक्ष्यमायुवा विभागको नेतृत्वमा आयोजित विभिन्न प्रतियोगिताका विजेता र उपविजेताहरूलाई पुरस्कार वितरण गरियो। यसमा निबन्ध लेखन प्रतियोगिता गत १९ अगस्तमा आयोजना गरिएको थियोl यसमा प्रथम सुश्री कुसुम शर्मा, रवीरत्न ढुंगाना बालिका माध्यमिक विद्यालय, दोस्रो सुश्री आकृति प्रधान, आईबी थापा उच्च माध्यमिक विद्यालय, तेस्रो सुश्री गितीका राई, रवीरत्न ढुंगाना बालिका माध्यमिक विद्यालय भएका थिए। सोही दिन क्यारम बोर्ड प्रतियोगिता आयोजना गरिएको थियो यसमा विजेता आदित्य राई पाठशाला आईबी थापा माध्यमिक विद्यालय र उपविजेता रोहन देवान पाठशाला आईबी थापा माध्यमिक विद्यालय थियो। यसरी नै तर्क प्रतियोगिता २० अगस्तमा आयोजना गरिएको थियो यसमा विजयी दलसिलगढ़ी कलेज रउपविजेता कालिपद घोष तराई महाविद्यालय थियो।तर्क प्रतियोगिताको उत्कृष्ट तार्किक सुश्री भूमिका तिम्सिना भएको थियो।

सिलगढ़ी देवकोटा संघलेआफ्नो स्थापना दिवसको अवसरमा संघका सक्रिय सदस्यहरूलाई सम्वर्धना जनाउने गरेको छ।यसपालिको प्रतिष्ठा दिवसमा संघकासदस्य श्रीमती मीरा गजमेर अरोड़ा, श्रीमती गंगा शर्मा, राजेन छेत्री र ब्रिजकमल राईलाई सम्मान जनाए। समारोहमा मुख्य अतिथि पूर्व सांसद श्रीमती दिलकुमारी भण्डारीले आफ्नो सम्बोधनमा सिलगढ़ी देवकोटा संघको कार्यक्रम अत्यन्त सराहनीय रहेको बताइन्। उनले नेपाली भाषा मान्यता निम्ति गरेको संघर्ष बिषयमा जनाउँदै शहीद दुर्गा मल्लको १७९औं पुण्य तिथिको बलिदान दिवस विषयमा जानकारी गराइन्। पूर्व विधायिका श्रीमती रेनुलीला सुब्बा आफू वृद्ध भईसकेको र रूखबाट झरेको सुख्खा पात हावाले उडाएर लानसक्छ तर यही सुख्खा पातले डढ़ेलो लगाउन पनि सक्न बताइन्। समारोहका सभापति मिलन रूचालले आध्यात्मिक चिन्तनको ज्ञानहरू समारोहमा राखे।

कार्यक्रममा नेपाली लोकगीतको प्रस्तुती नवनित आदित्य वाईबा र उनका साथीहरूद्वारा प्रस्तुत गरियो। संघका नारी सदस्यहरूले संगीनी गीत गाए। यसरी नै संघका सदस्य कात्तिक प्रधान, श्रीकृष्ण मंग्राति, देवराज शर्मा श्रीमती पार्वती ठकुरी, श्रीमती करूणा छेत्री, श्रीमती अरूणा सिङ, श्रीमती ममता प्रधानले गीत गाएl श्रीमती दिपा सिंह र सुजल गहतराजले ट्रयाकमा गीत गाए।

स्मरण रहोस्, २४ अगस्तमा सिलगढ़ी देवकोटा संघले १२५औं डा०पारसमणि प्रधान स्मरण दिवस मनाए। समारोहमा बिनोद रसाइली, राजु प्रधान ‘हिमांशु’ र नेपालकाबाट आएका दिपक सुवेदी, चन्द्र गुरुङ, सुदिप पाख्रिन, श्रीमती लीला अनमोल, श्रीमती मिश्र बैजन्ती र कविता राई जस्ता उत्कृष्ट कविहरूले रोचक र सारगर्भित कविता पाठ गरे। यसै दिन सिलगढ़ी देवकोटा संघको मुखपत्र बाडुली वर्ष ५५ अङ्क जनवरी- जुलाईको लोकार्पण भयो। यस कार्यक्रममा मुख्य अतिथि डा० लक्ष्मीकान्त शर्मा र प्रमुख अतिथि प्रा०मोहन पी दहाल थिए। समारोहमा प्रा० दिवाकर प्रधानले आफ्नो वार्तामा डा० पारसमणि प्रधानको साहित्य र समाजलाई राखेका गुणबारेमा उल्लेख गरेl यसरी नै डा० राजेन्द्र भण्डारीले लोक साहित्य माथि आफ्नो वार्ता प्रस्तुत गर्दै अनुभव र ज्ञानको माटोमा उत्पन्न भएको उखान र तुक्का महत्व बारे जानकारी दिए। कार्यक्रममा सभापति मिलन रूचाल थिए भने स्वागत भाषण सहसचिव श्याम प्रधानले राखे। कार्यक्रमको संचालन कालुसिंह रनपहेलीले गरेका थिए।

About Author

Advertisement