भाजपाको जेयू बचाऊ र्‍यालीमा हंगामा

00-1-Rajya-Samachar-8

कोलकाता: जादवपुर युनिभर्सिटी क्याम्पसलाई र्यागिङ रहित बनाउनको लागि शुक्रबार वर्षामा भाजपा युवा मोर्चा र एबीभीपीद्वारा एक र्‍याली निकालिएको थियो, जसले धेरै हंगामा मच्चायो। यसअघि एबीभीपीले र्‍याली निकालेको थियो। तर, जुलुसको शुरुमा नै पुलिसको अवरोधको सामना गर्नुपरेको थियो। पुलिसको ब्यारिकेड तोडेर एबीभीपी समर्थकहरुले अगाडि बढ्न खोजेपछि उनीहरुको पुलिससँग झडप भएको थियो। र्‍याली जेयू गेट अगाडिबाट गुज्रिरहेको बेला जेयू गेट अगाडि जुत्ता र बोतल प्रहार गरिएको थियो। पुरुष पुलिस उपस्थित नभएको बेला भाजपाका महिला प्रदर्शनकारीहरूलाई तानेर लगिएको आरोप छ। घटनाको केन्द्रबिन्दुमा निकै हंगामा मच्चिएको थियो। त्यसपछि मात्रै युवा मोर्चाको र्‍याली गोलपार्कबाट जादवपुरको ८बी बस स्टेन्डसम्म निकालिएको थियो। ब्यारिकेड तोड्न खोज्दा पुलिसले रोक्न खोजेको थियो। र्‍यालीमा विपक्षी दलका नेता शुभेन्दु अधिकारी, विधायक अग्निमित्र पल, डा इन्द्रनिल खान र तरुण ज्योति तिवारीलगायत भाजपाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो। जेयूको ४ नम्बर गेट बन्द थियो। यस अवधिमा शिक्षक संगठनले मानव बन्धन बनाएका थिए। भाजपाका दुई वटा र्‍यालीका कारण जनताले ट्राफिक जामको सामना गर्नु परेको थियो।

About Author

Advertisement