सिर्सिया सुख्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य घटाइयो

IMG-20240827-WA0005

भद्रपुर: पर्सास्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आर्थिक वर्ष २०२४/२०२५ मा पाँच अर्ब लक्ष्य घटाइएको छ। कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा पाँच अर्बले लक्ष्य घटाइएको हो।
भन्सार विभागले सुक्खाबन्दरगाह भन्सार कार्यालयलाई चालु आर्थिक वर्षमा रु. ६० अर्ब ४ करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ। सुक्खाबन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले भन्सार विभागले कार्यालयलाई चालु आर्थिक वर्षमा रु. ६० अर्ब चार करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको बताए।
“कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको ७१.७५ प्रतिशत राजस्व असुली गरेको थियो। आर्थिक वर्ष २०२२/२०२३ को तुलनामा आर्थिक वर्ष २०२३/२०२४ म रु पाँच अर्बभन्दा धेरै राजस्व सङ्कलन गर्न सकिएको थियो”, उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन भने सकेन।”
भन्सार विभागले आर्थिक वर्ष २०२३/८२०२४ मा कार्यालयलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर कार्यालयले सो अवधिमा लक्ष्यको लक्ष्यको ७१.७५ प्रतिशत अर्थात् रु. ४७ अर्ब ३१ करोड एक लाख ९० हजार राजस्व सङ्कलन गरेको थियो।
विभागले कार्यालयलाई आर्थिक वर्ष २०२२/२०२३ मा पनि रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिदिएको थियो। तर कार्यालयले सो आर्थिक वर्षमा पनि लक्ष्यको ६२.८८ प्रतिशत अर्थात् रु ४२ अर्ब ४० लाख २२ हजार ९३ रकम राजस्व सङ्कलन गरेको थियो।

About Author

Advertisement