गान्तोक: सिक्किम विधानसभा सचिवालयले वित्तीय वर्ष २०२६-२७ को बजेट अधिवेशनका निम्ति आधिकारिक अधिसूचना जारी गरेको छ। अधिसूचनामा जनाइए अनुसार, आगामी २९ जून २०२६ सोमबारका दिन बिहान ठीक ११:०० बजे गान्तोकस्थित विधानसभा हलमा सदनको बैठक पुन: सुरु हुनेछ। आगामी २९ जूनदेखि ३ जुलाईसम्म चल्ने यस पाँच दिने ऐतिहासिक अधिवेशनमा राज्यको वित्तीय वर्ष २०२६-२७ को बजेट प्रस्तुत गरिनुका साथै राज्यको सुशासन र प्रगतिका लागि महत्त्वपूर्ण नीति, विकासात्मक कार्य र विधायी मामिलाहरूमाथि गहन छलफल र विचार-विमर्श गरिनेछ।









