बागडोगरा: भारतका उपराष्ट्रपति सी. पी. राधाकृष्णन आज बागडोगरा विमानस्थलमा पुगे, जहाँबाट उनी सिक्किमको राज्य स्थापना दिवस समारोहमा सहभागी हुन गान्तोकतर्फ प्रस्थान गरे।
भारतको उपराष्ट्रपति पदको जिम्मेवारी सम्हालेपछि हिमाली राज्य सिक्किमको यो उनको पहिलो औपचारिक भ्रमण हो।
यस भ्रमणका क्रममा उपराष्ट्रपति आज गान्तोकमा आयोजना गरिएको राज्य स्थापना दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।










