गान्तोक: पटना उच्च न्यायालयकी पूर्व मुख्य न्यायाधीश तथा सिक्किम राज्य मानवाधिकार आयोगकी अध्यक्ष न्यायमूर्ति मीनाक्षी मदन राईले आज लोकभवनमा राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गरेकी छन्। यस भेटको क्रममा न्यायमूर्ति मीनाक्षी मदन राईले राज्यपाललाई केरल प्रदेशका नयाँ राज्यपाल नियुक्त भएकोमा हार्दिक बधाई तथा शुभकामना दिइन्।





