सिक्किम मारवाड़ी समाजका सदस्यहरूले गरे राज्यपालसॅंग शिष्टाचार भेट

n62660846017236606191123a9f013d13bdd9eab91b697f31f9196fed4402b490d4c0d68ae0e78ef066e5c6

गान्तोक: सिक्किम मारवाड़ी समाजका सदस्यहरूले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा माथुरलाई राज्यपालको रूपमा पदभार ग्रहण गरेकोमा हार्दिक शुभकामना दिॅंदै सिक्किमको समाजमा उनीहरूले दिइरहेको योगदान र भूमिकाको बारेमा जानकारी गराए।राज्यपालले सिक्किम मारवाड़ी समाजलाई धन्यवाद दिॅंदै मारवाड़ी समाज यहॉंको समाजमा दूध र पानी सरह मिलेर बसोबास गरिरहेको र एकअर्काका संस्कृतिको सम्मानपूर्वक पालन गरिरहेकोमा खुशी व्यक्त गरे। उनले विकसित र समृद्ध सिक्किम सुनिश्चित गर्ने दिशामा मारवाड़ी समाजलाई आफ्नो कार्य जारी राख्न आग्रह गरे।

About Author

Advertisement