ब्याडमिन्टन खेलाडी छोइङ छेपेल सम्मानित

IMG-20240814-WA0333

सोरेङ: सोरेङ ब्याडमिन्टन एसोसिएसन (एसबीए)-ले प्रतिभाशाली महिला ब्याडमिन्टन खेलाडी छोइङ छेपेल तामाङलाई सोरेङमा आयोजित स्वतन्त्रता दिवस कार्यक्रममा सम्मानित गरेको छ। खेलाडी सुश्री तामाङले ८ देखि ११ अगस्तसम्म सम्पन्न ३३औँ सिक्किम स्टेट ब्याडमिन्टन च्याम्पियनशीपमा महिला एकल अन्डर-१५ स्पर्धामा स्वर्ण पदक प्राप्त गरेकी थिइन्। सुश्री तामाङ सोरेङ ब्याडमिन्टन एसोसिएसनसँग आबद्ध खेलाडी हुन् भने उनी सिक्किमका अन्डर-१५ वर्गको महिला रेङकिङका एक नम्बर खेलाडी पनि हुन्।

About Author

Advertisement