सिलगढी: भारत सरकारका संसदीय मामिला तथा अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजु आज सिक्किमको आधिकारिक भ्रमणका लागि बागडोगरा विमानस्थल आइपुगे। उनको आगमनका अवसरमा गृह विभाग, बागडोगरा इकाइकी अतिरिक्त सचिव शर्मिष्ठा प्रधान, सम्पर्क अधिकृत तथा अभियोजन निर्देशनालयका वरिष्ठ प्रशासनिक अधिकृत जिग्मी पिन्त्सो भुटिया लगायत गृह विभागका अन्य अधिकारीहरूले स्वागत गरे।

संघीय मन्त्री रिजिजु निर्धारित कार्यक्रमअनुसार सिक्किमतर्फ प्रस्थान गरिसके। उनको भ्रमणका क्रममा विभिन्न आधिकारिक कार्यक्रममा सहभागिता जनाउने तथा माङ्गन जिल्लामा स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको जनाइयो।









