सिक्किम आइडल इन्टरनेशनल सिजन ३ अन्तर्गत ३ दिसम्बर दार्जीलिङमा अडिशन हुने

IMG-20261101-WA0068(1)

दार्जिलिङ: गायन प्रतिभाहरुको खोजी गर्ने मूल उ‌द्देश्य राखेर शुरु गरिएको सिक्किम आइडल इन्टरनेशनल सिजन-३ को अडिशन दार्जीलिङमा आगामी ३ दिसम्बरको दिन हुने तय भएको छ। आज सिक्किम आइडल इन्टरनेशनल सिजन-३-को आयोजक समितिका कार्यकर्ताहरु यसैको जानकारी दिन दार्जीलिङ आएका थिए। जसअनुसार सिक्किमका मुख्यमन्त्री पीएस गोलेको विशेष दिशानिर्देश तथा प्रोत्साहनमा शुरु गरिएको यस अन्तर्राष्ट्रिय स्तरको गायन प्रतियोगिताको अनलाइन अडिशन हिजोदेखि नै शुरु भएको छ भने यो अनलाइन अडिशन आगामी २५ नोभेम्बरसम्म जारी रहने सिक्किम आइडल इन्टरनेशनल सिजन-३ का संरक्षक एवं सिक्किम सरकारका आर्ट, कल्चर तथा हेरिटेज बोर्डका अध्यक्ष संजय दिल्पाली रई, आइडलका चीफ प्रोग्राम ओपरेटिङ अफिसर डा. मनोज राई, क्रियटिभ डाइरेक्टर प्रणेश पाखरीन अनि इभेन्ट प्रभारी दिवस राईले जानकारी गराएका छन्। उनीहरुले दिएको जानकारी अनुसार यसपालि यो गायन प्रतियोगिताको शारीरिक अडिशन देहरादुन, काठमाडौं र बिर्तामोडमा आगामी ३० नोभेम्बरको दिन हुनेछ भने दार्जीलिङसँगै सिलगढ़ी, कालेबुङ र गुवाहटीमा ३ दिसम्बरको दिन हुनेछ। यसबाहेक ६, ७ र ८ दिसम्बरका दिन यसको अडिशन सिक्किमको राजधानी गान्तोकमा गरिने भएको पनि उनीहरूले जानकारी गराए। उनीहरुले हिजोबाट शुरु भएको अनलाइन अडिशनको घोषणासँगै प्रतियोगितामा सहभागी बन्न चाहने कैयौंले आयोजक समितिसित सम्पर्क गर्न थालेको पनि बताएका छन्। यस प्रतियोगितामा १५ वर्षदेखि माथि सबै उमेरका प्रतियोगीहरुले सहभागिता जनाउन सक्नेछन्, जसको प्रथम बन्ने सिक्किम आइडललाई १० लाख रुपियाँको नगद राशि प्रदान गरिनेछ। यसरी नै दोस्रोलाई ५ लाख अनि लेखी स्थानमा आउने प्रतियोगीलाई ३ लाख पुरस्करास्वरूप रुपियाँको नगद राशि प्रदान गरिने भएको छ। सिक्किम आइडल सिजन-१-मा जेत्सन डोना लामा प्रथम बनेकी थिइन् शाने दोश्रो सिजनको प्रतियोगितामा ओजस्वी गुरुड प्रथम बनेकी थिइन्। जसको गायन क्षेत्रमा सफलता कहाँ पुगेको थियो अनि छ, त्यो सबैलाई थाह भएकै विषय हो। यस प्रतियोगिताको बाण्ड फिनाले आगामी फरवरी २०२७-मा सम्पन्न गरिने भएको पनि आयोजक समितिले योजना बनाएको छ। उनीहरुले भने-दार्जीलिङ पहाड़, सिक्किम तथा वरिपरिका क्षेत्रहरुमा धेरै प्रतिभानी गायन कलाकारहरू छन्, जसले अहिलेसम्म पनि सही मञ्च पाउन सकेका छैनन्। यस्ता प्रतिभाहरुलाई उचित मञ्च दिने उ‌द्देश्यले नै सिक्किमका मुख्यमन्त्री पीएस गोलेको प्रौलाइन तथा मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जेकब खालिडको योजनामा सिक्किम आइडल प्रतियोगिता शुरु गरिएको थियो। सिक्किमभित्रका कलाकारहरुका लागि उचित मञ्च दिने उद्‌द्देश्यले शुरु गरिएको यो प्रतियोगिता अहिले अन्तर्राष्ट्रिय स्तरमा पुग्न सफल बनेको छ। यसमा दार्जीलिङ पहाडसँगै अन्य क्षेत्रका कलाकारहरूले पनि आफ्नो भाग्य अज्माउन सक्नेछन्।

About Author

Advertisement