गान्ताेक: सिक्किममा आगामी ४९औँ योनेक्स-सनराइज अन्तर-राज्य तथा अन्तर-क्षेत्रीय राष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनसिप २०२६ आयोजना हुने भएको छ। यसै सन्दर्भमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलेले आफ्नो आधिकारिक निवासमा सिक्किम ब्याडमिन्टन संघका कार्यकारी सदस्यहरूसँग भेटघाट गर्नुभएको छ।
भेटघाटका क्रममा उक्त प्रतिष्ठित प्रतियोगिताको तयारी र यसको भव्य सफलताका बारेमा छलफल भएको छ। राष्ट्रिय स्तरको यस खेलकुद प्रतियोगिताको आयोजना गर्न पाउनु राज्यका लागि ठुलो गौरवको विषय भएको मुख्यमन्त्री तामाङले बताउनुभएको छ।
देशभरका २८ राज्य र ५ केन्द्र शासित प्रदेशसहित जम्मा ३८ वटा टोलीहरूको सहभागिता रहने यस प्रतियोगिताले सिक्किमको खेलकुद सम्भावनालाई उजागर गर्न र युवा ब्याडमिन्टन प्रतिभाहरूलाई राष्ट्रिय मञ्च प्रदान गर्न महत्त्वपूर्ण अवसर सिर्जना गर्नेछ। साथै, उहाँले प्रतियोगिताको सफलताको कामना गर्दै सिक्किम ब्याडमिन्टन संघ र तयारीमा खटिएका सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ।





