सिक्किममा ‘स्वच्छता नै सेवा अभियान २०२६’ को शुभारम्भ

FB_IMG_1789665586488

मुख्यमन्त्री र राज्यपालद्वारा विभिन्न सेवा गाडीहरूको हरियो झण्डा

​गान्ताेक। पावन पर्व विश्वकर्मा पूजाको अवसरमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) र राज्यपाल ओम प्रकाश माथुरको गरिमामय उपस्थितिमा रिज पार्कमा ‘स्वच्छता नै सेवा अभियान २०२६’ को औपचारिक शुभारम्भ गरिएको छ।
​उक्त कार्यक्रममा स्वच्छता प्रतिज्ञा गराइनुका साथै सहरी विकास विभागद्वारा ‘स्वच्छ पहाडी हिमाली सहर पहल’ को प्रतीक चिह्न (लोगो) सार्वजनिक गरियो। सोही अवसरमा ‘स्वच्छ सहर अभियान’ अन्तर्गत स्वयं सहायता समूहहरूलाई चेक हस्तान्तरण गरियो भने ग्रामीण विकास विभागद्वारा मोबाइल उपचार एकाइको मानक सञ्चालन प्रक्रिया पनि जारी गरियो।

कार्यक्रमका क्रममा सोरेङ प्राथमिक स्वास्थ्य केन्द्र र कस्तुरबा गान्धी बालिका विद्यालयका लागि दुईवटा एम्बुलेन्ससहित १७ वटा स्वच्छता तथा फोहोर व्यवस्थापन सवारी साधनहरूलाई हरियो झण्डा देखाएर प्रस्थान गराइयो। जसमा ग्याङटोक, नाम्ची, ग्यालसिङ र मङ्गनका लागि ४ वटा मोबाइल उपचार एकाइ, ग्याङटोक र पाकिमका लागि २ वटा ढल तथा मलमूत्र बोक्ने सवारी साधन तथा विभिन्न ग्राम पञ्चायत एकाईहरूका लागि १० वटा स्रोत पुनःप्राप्ति वाहन रहेका छन्।
​यी पहलहरूले सिक्किमभरि स्वच्छ, स्वस्थ र दिगो समुदाय निर्माण गर्ने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको मुख्यमन्त्रीले जनाएका छन्। स्वच्छतालाई केवल अभियानमा मात्र सीमित नराखी जीवनशैलीकै रूपमा अपनाउन ‘सिक्किम टोली’ का रूपमा एकजुट भएर काम गर्न उनले आह्वान गरेका छन्।

About Author

Advertisement