भारत भ्रमणमा अर्थमन्त्री वाग्ले, सीतारमण र जयशंकरसँग भेटवार्ता हुँदै

IMG-20260917-WA0057

काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेकाछन्। भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारी, कूटनीतिज्ञ तथा उद्योगी–व्यवसायीसँग भेटवार्ता र विभिन्न छलफलमा सहभागिता जनाउनेछन्।
भ्रमणको पहिलो दिन बिहीबार साँझ ५ बजे अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, शुक्रबार बिहान ९ बजे पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा उनि सहभागी हुनेछन्। शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
सोही दिन साँझ साढे ७ बजे भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने भेटघाट कार्यक्रममा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्।
भ्रमणको अन्तिम दिन शनिबार बिहान साढे ९ बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। त्यसपछि बिहान साढे ११ बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उनि सहभागी हुनेछन।
कार्यक्रम सम्पन्न गरी अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे नेपाल फर्किने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा तथा इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारीलगायत सहभागी हुनेछन।
अर्थमन्त्रीको सचिवालयका अनुसार विपद्पश्चात्को पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्य भ्रमणको मुख्य उद्देश्य रहेको छ।

About Author

Advertisement