थामी डाँडामा समापन कार्यक्रमकाे आयोजना
गान्ताेक: सिक्किम सरकारको महिला, बाल विकास तथा सामाजिक कल्याण विभाग (डब्ल्यूसीएससी और डीडब्ल्यू) को आयोजनामा राज्यभर सञ्चालित हप्ताव्यापी ‘विश्व स्तनपान सप्ताह २०२६’ (१ देखि ७ अगस्ट) शुक्रबार सम्पन्न भएको छ। यसै क्रममा गङ्तोक ग्रामीण परियोजना अन्तर्गतको थामी डाँडा आँगनबाडी केन्द्रमा समापन समारोहको आयोजना गरियो।
उक्त कार्यक्रममा आईसिडिएसका उपनिर्देशक, सुपरभाइजर, आँगनबाडी कार्यकर्ता, आशा कार्यकर्ता तथा पोषण शिक्षाविद्हरूको उपस्थिति रहेको थियो। समारोहमा पोषण प्रभागले शिशु जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान गराउन र त्यसपछि पूरक आहार दिनेबारे जनचेतना फैलाउनका लागि छनोट गरिएकी एक ‘स्मार्ट आमा’ लाई खदा, प्रमाणपत्र र पोष्टिक बहु-अन्न (मल्टी-ग्रेन) पाउडर प्रदान गरी सम्मान गरेको छ।
कार्यक्रममा आईसिडिएसकी उपनिर्देशक दोर्जी डोमा भोटियाले यस वर्षको नारा “दीगो जीवनको सुरुआतका लागि स्तनपान: प्रभावकारी प्रयासहरूलाई सुदृढ बनाऔँ” (ब्रेस्फीडिंग फॉर अ सस्टेनेबल सट्रट इन लाइफ: सटेरनदनस वट वर्क्स) बारे प्रकाश पारिन्। सो अवसरमा उपस्थित गर्भवती तथा सुत्केरी महिलाहरूलाई स्तनपानको महत्त्वबारे जानकारी गराइएको थियो।










