गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय ह्यान्डलुम दिवसका अवसरमा सम्पूर्ण प्रदेशवासी तथा बुनाई कालीगढहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
यस अवसरमा मुख्यमन्त्रीले आफ्ना प्रतिभाशाली कपडा बुन्ने बुनाई तथा हस्तशिल्पीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको समर्पण, सिर्जनशीलता र सीपले नै हाम्रो धनी कपडा परम्परालाई जीवित राखेको उल्लेख गरेका छन्। सिक्किमको जीवन्त ह्यान्डलुम सम्पदाले विभिन्न समुदायको सांस्कृतिक पहिचानलाई झल्काउनुका साथै युगौँ पुराना परम्पराहरूको संरक्षण गर्दै कालीगढहरूलाई सबल बनाउँदै लगेको उनले बताए।
मुख्यमन्त्रीले परम्परागत शिल्पको संरक्षण गर्न, बुनकरहरूलाई सहयोग पुर्याउन र ह्यान्डलुम उत्पादनहरूको प्रयोगलाई प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्दै सार्थक र प्रेरणादायी राष्ट्रिय ह्यान्डलुम दिवसको शुभकामना दिएका छन्।










