सिक्किममा चिकित्सा शिक्षाको ऐतिहासिक सुरुवात

FB_IMG_1789217935966

मुख्यमन्त्रीद्वारा हेलन लेप्चा मेडिकल कलेजका नवनियुक्त प्राध्यापकहरूसँग भेटघाट

गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले)-ले ‘हेलन लेप्चा सिक्किम सरकार मेडिकल कलेज’-का नवनियुक्त प्राध्यापक हरूसँग एक विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। भेटघाटका क्रममा मुख्यमन्त्री गोलेले प्राध्यापकहरूका बहुमूल्य सुझावहरू सुन्दै उनीहरूका चासो तथा विषयहरूमाझ गहन छलफल गरेका छन्।
​सिक्किमको इतिहासमा यो एक ऐतिहासिक क्षण रहेको उल्लेख गर्दै मुख्यमन्त्रीले अब राज्यका विद्यार्थीहरूले आफ्नै भूमिमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाउने बताएका छन्। यसअघि उच्च शिक्षा तथा मेडिकल अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता रहेकोमा अब भने स्थानीयस्तरमै समर्पित प्राध्यापक, सरकार, समाज र स्थानीय समुदायको सहयोगमा यो सपना साकार हुने भएको छ।
​मुख्यमन्त्री गोलेले विशेष गरी विपन्न वर्गका विद्यार्थीहरूका लागि यो संस्था केवल एक मेडिकल कलेज मात्र नभई उनीहरूको सपना, आत्मसम्मान र नयाँ अवसरको ढोका भएको स्पष्ट पारे।
​सबैको सामूहिक प्रयास र समर्पणले यो मेडिकल कलेज आगामी दिनहरूमा एक उत्कृष्ट अध्ययन केन्द्-का रूपमा विकसित हुने र सिक्किमलाई अग्रणी शैक्षिक केन्द्रको रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्रीले कलेज परिवार, प्राध्यापक तथा सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement