गान्तोक: सिक्किममा आगामी ८ र ९ मेमा आयोजना हुन गइरहेको ‘कलाकार भरोसा सम्मेलन’ अन्तर्गत प्रसिद्ध नृत्य निर्देशक कमल राई ले नृत्य कलाकार तथा नृत्य संयोजकहरूका लागि विशेष प्रशिक्षण सत्र सञ्चालन गर्ने भएका छन्।यो दुईदिने कार्यक्रम सिक्किम कला संस्कृति तथा सम्पदा विकास बोर्ड द्वारा आयोजना गरिँदैछ। सम्मेलनको उद्देश्य सिक्किमका कलाकारहरूको प्रतिभा विकास गर्नु तथा राज्यको सिर्जनात्मक वातावरणलाई अझ सुदृढ बनाउनु रहेको छ।कार्यक्रम प्रेम सिंह तामाङ गोलाय को प्रमुख संरक्षणमा तथा कृष्णा कुमारी राई को मार्गदर्शनमा सञ्चालन हुनेछ।आयोजकका अनुसार, यस सम्मेलनले स्थानीय कलाकारहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।सम्मेलनमा नृत्य, संगीत तथा अन्य सांस्कृतिक गतिविधिहरू समेटिनेछन्, जसले सिक्किमको समृद्ध सांस्कृतिक पहिचानलाई अझ प्रवर्द्धन गर्ने विश्वास गरिएको छ।









