खरसाङको लङ्भ्यूमा श्रमिकहरूको रिले अनशनको १० दिन पूरा, ७ मईमा‌ हुने बैठक

IMG-20260503-WA0092

खरसाङ: खरसाङको लङ्भ्यू चिया बगानका श्रमिकहरूको रिले अनशनले आज १० दिन पूरा गरेको छ। गत १० मार्चको दिन कलकत्तामा सम्पन्न भएको त्रिपक्षीय सम्झौता अनुसार पीएफ, ग्राजुएटी र अन्य बकाया राशिहरू नपाएसम्म अनशन जारी रहने श्रमिकहरूको भनाइ छ। चुनाउ सक्नसाथ लङ्भ्यू चियाबारीमा लगातार रुपमा श्रमिकहरुको अनशन जारी रहेको छ। यसै बीच आगामी ७ मईको दिन लङभ्यू चिया बगान विषय लिएर दागापुर श्रमिक भवनमा एउटा बैठक हुने निश्चित भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै एचपीईयुका कार्यकर्ता एंव अधिवक्ता अनुपा तामाङले लङ्भ्यू चियाबारीमा श्रमिकहरुको रिले अनसनको‌ दशौँ दिन पुगेको छ बताउँदै यसको कारण गत १० मार्चमा कलकत्तामा श्रम मन्त्रीको उपस्थितिमा भएको बैठकको उल्लघंन भएको बताएकी छन्। उनले अब लङ्भ्यू चियाबारीको‌ विषयमा आगामी ७ मईको दिन सभा बोलाइएको छ र सभामा कुरा मिले ठीकै छ नत्र अझ बृहत् रुपमा आन्दोलन गरिने जानकारी गराएकी छन्। त्यसरी नै लङ्भ्यू चियाबारीका ६० वर्ष पुगेका श्रमिक मदन लोहागुणले हामीले पाउनुपर्ने सहुलियत नपाएपछि यसरी अनसन बस्नुपर्ने अवस्था आएको बताए। उनले भने, अहिलेसम्म हामीलाई केवल चारपल्ट मात्र पैसा हालिदियो तर ९० दिनभित्रमा सबै दिनुपर्ने हो। त्यसैले हामी अनसनमा बसेका हौँ। अब हाम्रो पैसा कता गएर कोसित गएर खोज्नु पर्ने हो। त्यसैले पनि अनसन बस्नु पर्ने बाध्यता आईपरेको हो।’
उनले पहाडको सबै राजनीतिक दलहरुलाई यस समस्या समाधानको लागि एकजुट भएर काम गरिदिने निवेदन गरेका छन्।

About Author

Advertisement