पर्यटन व्यवसायी र सङ्घसंस्थालाई निमन्त्रणा
गान्ताेक: सिक्किम सरकारको पर्यटन तथा नागरिक उड्डयन विभागले प्रस्तावित ‘अनलाइन सिङ्गल विन्डो इन्टीग्रेटेड पर्मिट सिस्टम’ (अनलाइन एकल ढोका एकीकृत अनुमति प्रणाली) का सम्बन्धमा विशेष छलफल आयोजना गर्ने भएको छ। मुख्यमन्त्रीको अध्यक्षतामा आयोजना हुने उक्त बैठकमा पर्यटन क्षेत्रका सम्पूर्ण सरोकारवाला तथा पर्यटन व्यवसायी सङ्घसंस्थाका कार्यकारिणी समितिलाई आमन्त्रण गरिएको छ।
विभागका अनुसार उक्त महत्वपूर्ण बैठक आउँदो १८ अगस्ट २०२६ का दिन बिहान ११:०० बजे गङ्तोकस्थित मनन भवनमा बस्नेछ। विद्यमान अनुमति प्रक्रियालाई सहज, आधुनिक र प्रविधियुक्त बनाउने उद्देश्यका साथ ल्याउन लागिएको नयाँ अनलाइन प्रणालीबारे बैठकमा विस्तृत छलफल हुनेछ।
यस छलफल कार्यक्रममा पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीहरूले प्रस्तावित प्रणालीबारे आफ्ना दुविधा, जिज्ञासा राख्नुका साथै रचनात्मक सुझावहरू प्रस्तुत गर्न सक्नेछन्।
बैठकमा ट्यास, साटो, सुटो, आस्था, एसएचआरए, बाइकर रेन्टल एसोसिएसन अफ सिक्किम, घरबास (होमस्टे) तथा होटेल सञ्चालकहरू, सबै लक्जरी गाडी, जे-सिरिज र टी-सिरिजका ट्याक्सी चालक तथा धनी सङ्घलगायत सम्पूर्ण सरोकारवालाहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ। नयाँ प्रणाली निर्माण गर्दा व्यवसायीका महत्वपूर्ण सुझावहरूलाई समावेश गर्न सकियोस् भन्ने हेतुले सक्रिय सहभागिताका लागि विभागले अपिल गरेको छ।










