खरसाङ: गृहमन्त्री अमित शाहसँग राज्यसभाका सांसद अनि दार्जिलिङवासी हर्षवर्दन छिरिङलाले भेट गरेका छन्। यस भेटघाटको अवसरमा हर्षवर्दन छिरिङलाले दार्जिलिङ पहाड, तराई र डुवर्सका गोर्खा समुदायका आकांक्षा तथा दार्जिलिङको भविष्यको विकासबारे छलफल गरेका छन्। यसका साथै दार्जिलिङ पहाड र समग्र उत्तर बङ्गाल क्षेत्रमा सडक तथा यातायात, पूर्वाधार, पर्यटन, रोजगारीका अवसर र सबैलाई समेट्ने विकासलाई अझ बलियो बनाउने विषयमा पनि अर्थपूर्ण कुराकानी भएको जानकारी प्राप्त भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्व र गृहमन्त्री अमित शाहको मार्गदर्शनमा उत्तरपूर्व र हिमाली क्षेत्रले विकास, पूर्वाधार विस्तार र राष्ट्रिय विकासको यात्रामा अभूतपूर्व प्राथमिकता पाएको राज्यसभा सांसद हर्षबर्ध्दन छिरिङलाले बताएका छन्। गृहमन्त्रीको मार्गदर्शन र देशप्रतिको दृढ प्रतिबद्धताले अझ बलियो, जोडिएको र समृद्ध दार्जिलिङ निर्माण गर्ने हाम्रो प्रयासलाई निरन्तर प्रेरणा दिइरहेको छ भनी बताएका छन्।










