सिक्किमकी प्रिसका ‘जुनियर पोएट आइडल’को फाइनलमा

FB_IMG_1792496230572

मुख्यमन्त्रीद्वारा बधाई तथा शुभकामना​

गान्ताेक: ​नेपालको काठमाडौँमा सञ्चालन भइरहेको बहुचर्चित रियालिटी शो ‘जुनियरः द पोएट आइडल’को अन्तिम स्पर्धा (फाइनल) मा सिक्किमकी प्रिसका अधिकारी प्रवेश गरेकी छन्।
​सिङ्तम-खामडोङ निवासी श्री लक्ष्मण अधिकारीकी छोरी प्रिसकाले उत्कृष्ट प्रस्तुति दिँदै प्रतियोगिताको फाइनल यात्रा तय गरेकी हुन्। यस सफलतासँगै सिक्किमका मुख्यमन्त्रीले मंगलबार आफ्नो सरकारी निवासमा प्रिसकालाई भेट गरी हार्दिक बधाई तथा अन्तिम प्रतिस्पर्धाका लागि शुभकामना व्यक्त गरेका छन्।
​मुख्यमन्त्रीले प्रिसकाको यो सफलता सिङ्गो सिक्किम राज्यका लागि गर्व र उत्साहको विषय भएको बताएका छन्। “हाम्री छोरी प्रिसकाले आफ्नो प्रतिभा र आत्मविश्वासका साथ अन्तिम स्पर्धामा पनि सर्वोत्कृष्ट प्रदर्शन गर्दै सिक्किम र आफ्नो परिवारको नाम अझ उच्च राख्नेछिन् भन्ने विश्वास लिएको छु,” मुख्यमन्त्रीले भने।
​सिक्किमबाट आफ्नै प्रतिभाका बलमा अन्तर्राष्ट्रिय स्तरको मञ्चमा पुगेकी प्रिसकाको यस सफलताले स्थानीय युवा तथा बालबालिकाहरूमाझ ठूलो हौसला मिलेको छ। काठमाडौँमा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा उनले सफलताको झण्डा गाड्ने अपेक्षा गरिएको छ।

About Author

Advertisement