काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन्। प्रथम महिला सविता पौडेलसहित राष्ट्रपतिले परम्पराअनुसार नौ कन्याको पूजार्चना गरेका हुन्।
नवरात्रमा नवदुर्गाका प्रतीकका रूपमा नौ कन्याको पूजाअर्चना गर्ने परम्परा छ। दुर्गाभगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गरिन्छ।
राष्ट्रपति पौडेलले नौ कन्याका गोडा धोएर टीका लगाइदिनुका साथै उपहार समेत प्रदान गरेका थिए।





