सिक्किमका लेखक प्रवीण खालिङलाई असमको प्रतिष्ठित ‘तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कार २०२६’ प्रदान गरिने

d05cb2f4-5b49-4366-b261-8f8effa53085

गान्ताेक: ​सिक्किमका प्रतिष्ठित लेखक तथा पत्रकार प्रवीण खालिङ असमको प्रतिष्ठित ‘तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कार २०२६’ का लागि चयन हुनुभएको छ। असमको साहित्यिक संस्था इन्द्रेणी प्रकाशनद्वारा प्रदान गरिने यस पुरस्कारका लागि उहाँको चर्चित निबन्ध सङ्ग्रह ‘चियागफ’ लाई छानिएको हो।
​खालिङको यस कृतिले समसामयिक सामाजिक मुद्दाहरूलाई अत्यन्तै बौद्धिक, घोत्लिन बाध्य पार्ने र उत्कृष्ट साहित्यिक शैलीमा प्रस्तुत गरेको भन्दै यो सम्मान दिने निर्णय गरिएको इन्द्रेणी प्रकाशनले जनाएको छ। नेपाली निबन्ध साहित्यको श्रीवृद्धिमा पुर्‍याएको अतुलनीय योगदान र आफ्ना रचनाहरू मार्फत सामाजिक यथार्थलाई जीवन्त रूपमा उतार्न सफल उहाँको बेग्लै पहिचान र सशक्त आवाजलाई कदर गर्दै यो राष्ट्रिय पुरस्कार अर्पण गर्न लागिएको हो।
​लामो समयदेखि पत्रकारिता र साहित्यमा सक्रिय खालिङको यो प्राप्तिले सिक्किम मात्र नभएर सम्पूर्ण नेपाली साहित्य जगत्‌लाई नै गौरववान्वित तुल्याएको छ।

About Author

Advertisement