मुख्यमन्त्री गोलेले गरे प्रशंसा
गान्तोक: सिक्किमको मंगन जिल्ला निवासी हिसे भोटियाले गरिब तथा विपन्न बिरामीहरूको सेवाका लागि एक थान एम्बुलेन्स सहयोग गरेका छन्।
भोटियाले ‘गरीब जन कल्याण प्रकोष्ठ’ लाई बिरामीहरूको सुविधा र कल्याणका लागि उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।
मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) ले सामाजिक सञ्जालमार्फत भोटियाको यस परोपकारी कदमको उच्च प्रशंसा गरेका छन्। “यो उदार सहयोगले मानवता, दया र समाजप्रतिको सामूहिक जिम्मेवारीको भावनालाई झल्काउँछ,” मुख्यमन्त्री गोलेले भनेका छन्, “यस्तो विचारणीय पहलका लागि म श्री हिसे भोटियाको हृदयदेखि नै सराहना गर्दछु र समुदायको सेवाप्रतिको उहाँको प्रतिबद्धताको प्रशंसा गर्दछु।”

भोटियाको यस सामाजिक कार्यले स्थानीय क्षेत्रमा बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन ठूलो राहत पुग्ने विश्वास लिइएको छ।





