साहुडाङ्गीको जलडुमुरमा हात्तीको उत्पात

b1ac92e5-acf2-4c9b-bccd-fc6cc699a997-1024x576.jpg

राजगञ्ज: साहुडाङ्गीको जलडुमुर इलाकामा जङ्गली हात्तीले ताण्डव मच्चाएर आलु, फुलगोभीको खेतीहरू नष्ट गरिदिएको छ। प्राप्त जानकारी अनुसार राजगञ्ज ब्लकको बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत साहुडाङ्गी संलग्न जलडुमुर इलाकामा राति लगभग २ बजी हात्तीहरूले फसलको खेतमा उत्पात मच्चाएर धेरै फसलहरू नष्ट गरिदिएको छ। हात्तीले ताण्डव मच्चाएर हजारौँ रुपियाँको खेती नष्ट पारिदिएको स्थानीय मानिसहरूले बताए। यस सम्बन्धमा स्थानीय मानिसहरूले भने, गत अबेर राति हात्तीहरूको झुण्डले इलाकाको खेतीमा लगाइएको आलु, फुलगोभी, गाजर, लौकाको फसल नष्ट गरिदिएको छ। धेरै नोक्सान भएको छ। वन विभागले इलाकामा गश्ती लगाउने स्थानीय मानिसहरूले माग गरेका छन्।

About Author

Advertisement