खरसाङ: महानदीमा भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार असीत राईको सालिग स्थापनाको लागि असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिको पदाधिकारीहरुले महानदीमा स्थलगत निरीक्षण गरेर सालिग राख्ने ठाउँ चिन्हित गर्नुको साथै सालिग राख्नलाई ठाउँ बनाउन पहल शुरु गरिएको छ। अब महानदीमा साहित्यकार असीत राईको सालिग स्थापनाको लागि ठाउँ बनाउने कार्य शुरु हुने भएको छ। यसको असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिको पदाधिकारीहरुले स्थानको चयन गरेर नापजोख गरेर काम शुरु गरिहाल्ने भएको छ। साहित्यकार असीत राईको सालिग महानदी बजारको मोटर स्ट्याण्ड नजिक रहेको शहीद बेदी नजिकमा स्थापना गरिने भएको छ। उक्त सालिग स्थापनाको लागि जीटीए प्रमुख अनित थापाले सहयोग गरेका छन् भने सालिग राख्नको लागि ठाउँ बनाउने कार्यमा खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीको तर्फबाट सहयोग गरिएको जानकारी प्राप्त भएको छ। महानदीमा साहित्यकार असीत राईको सालिग स्थापनाको लागि ठाउँ बनाउने कार्यमा पदाधिकारीहरुले निरीक्षण गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिको सभापति शेखरचन्द्र प्रधानले साहित्यकार असीत राईको सालिग स्थापनाको लागि सहयोग गरेकोमा जीटीए प्रमुख अनित थापा र सालिग राख्ने ठाउँ निर्माणको लागि सहयोगको लागि खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीलाई धन्यवाद दिएका छन्।

उनले साहित्यकार असीत राईको सालिग महानदीमा केही समयभित्रै स्थापना गरिने र यसको लागि काम भइरहेको पनि जानकारी गराएका छन्।









