साउदीद्वारा हूतीविरुद्ध ३० वर्षमा पहिलोपटक चिनियाँ डीएफ-१५ए क्षेप्यास्त्र प्रहार​

Saudische-DF-3-Raketen__KSA-MoD-1536x924

नयाँ दिल्ली: साउदी अरबले यमनका हूती विद्रोहीहरूविरुद्ध डीएफ-१५ए क्षेप्यास्त्र प्रहार गरेको छ। करिब तीन दशकमा पहिलोपटक साउदी फौजले चीनबाट खरिद गरिएको यो क्षेप्यास्त्र युद्धमा प्रयोग गरेको हो।​रोयल साउदी स्ट्रेटेजिक मिसाइल फोर्स (आरएसएसएमएफ)ले हूतीहरूविरुद्धको लडाइँमा चीनमा निर्मित डीएफ-१५ए सर्ट-रेन्ज ब्यालिस्टिक मिसाइल प्रयोग गरेको सोमबार सार्वजनिक विवरणमा उल्लेख छ। यद्यपि, उक्त क्षेप्यास्त्रले लक्षित निशाना भेट्न सकेन र प्राविधिक खराबीका कारण मरुभूमिमा खस्यो। हूती विद्रोहीहरूले मिसाइलको बुस्टर फेयरिङसहितका भग्नावशेष नियन्त्रणमा लिएका छन्।​साउदी अरबले १९९० को दशकमा चीनबाट यी ब्यालिस्टिक क्षेप्यास्त्रहरू खरिद गरेको थियो। लामो समयदेखि सेनाको भण्डारमा रहे पनि यसअघि युद्धमा यिनको प्रयोग भएको थिएन।​यमनमा विगत तीन साताभन्दा बढी समयदेखि हूती विद्रोही र साउदी समर्थित फौजबीच भिडन्त जारी छ। यस क्रममा हूतीहरूले बाब अल-मन्डेब जलडमरूमध्य जोड्ने रणनीतिक मोखा बन्दरगाह सहरसहित महत्वपूर्ण भूभाग नियन्त्रणमा लिएका छन्। स्थल युद्धमा हूतीहरू हाबी भएपछि साउदी सेनाले हवाई हमला तीव्र पारेको छ।​यमनमा सन् २०१४ देखि २०२२ सम्म चलेको गृहयुद्ध २०२२ को युद्धविरामपछि केही शान्त भएको थियो। तर, गत जुलाईदेखि सुरु भएको तनाव अगस्टको अन्तिम साताबाट पुनः भीषण युद्धमा परिणत भएको छ।

About Author

Advertisement