लगातार ९४ वटा म्याचमा गोल गरी अल नस्रको कीर्तिमान

IMG-20260915-WA0050

नयाँ दिल्ली: क्रिस्टियानो रोनाल्डोको क्लब अल नस्रले फूटबलको इतिहासमा यस्तो एउटा रेकर्ड बनाएको छ, जसलाई तोड़नु कुनै पनि टोलीलो निम्ति सजिलो हुनेछैन। सऊदी प्रो लीगमा अल खलीजविरुद्ध १-१-ले ड्र रहेको म्याचमा गोल गर्नको साथै अल नस्रले लगातार ९४ वटा म्याचममा कम्तीमा एउटा गोल गर्ने विश्व रेकर्ड बनायो। यसअघि यो रेकर्ड अर्जेण्टिनाको क्लब रिवर प्लेटको नाममा रहेको थियो, जसले १९३६-देखि १९३९ बीच लगातार ९३ वटा म्याचमा कम्तीमा एउटा गोल गरेको थियो। अल नस्रको यो ऐतिहासिक क्रम दिसम्बर २०२३-मा शुरु भएको थियो। त्यस समय टोलीले अल हिलालविरुद्ध ०-३-ले हारको सामना गर्नु परेको थियो। त्यसपछि अघिल्लो म्याचमा अल नस्रले अल रियादलाई ४-१-ले पराजित गऱ्यो अनि त्यहाँबाट टोलीले लगातार गोल गर्ने क्रम शुरु गऱ्यो। अल खलीजविरुद्ध म्याचको ७२औं मिनटमा अब्दुल्लाह अल हमदानले बराबरीको गोल गरी यस रेकर्डमा मोहर लगाए। २७ वर्षीय हमदानको त्यो गोल केवल १ अंक हासिल गर्ने गोल नभएर क्लब फूटबलको इतिहासमा टोलीलाई नयाँ उँचाई दिने गोल पनि बन्यो। यस ९४ वटा म्याचको क्रममा दिग्गज फूटबलर रोनाल्डो अल नस्रका कप्तान रहे। पोर्तुगलका दिग्गजले २०२३-मा अल नस्रमा सामेल हुने फसेला गरेका थिए। उनले अहिलेसम्म सऊदी प्रो लीगमा ११३ वटा म्याच खेलिसकेका छन्। यसमा उनले १०५ गोल गरेका छन्। विश्व रेकर्ड बनाए पनि अल नस्रले अल खलीजविरुद्ध म्याचमा जीत हासिल गर्न सकेन। म्याच ड्र भएपछि अल नस्र सऊदी प्रो लीग अंक तालिकामा तेस्रो स्थानमा रहन पुग्यो। अहिले अल नस्र आफ्नो चीरप्रतिद्वन्द्वी अल हिलालभन्दा २ अनि अल इत्तिहादभन्दा १ अंक पछि रहेको छ। उल्लेखनीय छ, रोनाल्डोको निम्ति लगातार गोल गर्ने यो क्रम कुनै नयाँ कुरा होइन। यसअघि उनी रियल म्याड्रिडको साथ आफ्नो असाधारण चरणमा त्यस टोलीको हिस्सा रहेका थिए, जसले अप्रेल २०१६-देखि सेप्टेम्बर २०१७-बीच लगातार ७३ वटा म्याचमा गोल गरेको थियो। त्यो रेकर्ड सबै प्रतियोगिताहरू मिलाएर थियो जबकि अल नस्रको रेकर्ड शीर्ष स्तरको लीगको लगातार म्याचको हो। ४१ वर्षीय रोनाल्डोको निम्ति वर्तमान सीजन खास हुन सक्छ कारण उनले २०२६-२७ सीजन उनको पेशादार फूटबलमा अन्तिम हुन सक्ने संकेत दिएका छन्। उनी सीनियर स्तरमा आधिकारिक रूपमा १००० गोल गर्ने इतिहासको पहिलो फूटबलर बन्ने दौड़मा रहेका छन्। रोनाल्डोले अहिलेसम्म पेशादार फूटबलमा ९७९ गोल गरिसकेका छन्।

About Author

Advertisement