नयाँ दिल्लीः प्रवर्तन निदेशालय (ईडी)-ले दिल्ली आबकारी नीति घोटाला मामिलामा आम आदमी पार्टीका राज्यसभा सदस्य सञ्जय सिंहका सहयोगीद्वय अजित त्यागी र सर्वेश मिश्राको घरमा छापामारीको कारबाही गरेको छ। ईडीले सांसद सिंहका ड्राइभर अनि सहयोगी विवेक त्यागीको घरमा पनि छापामारी गरेको छ।
सञ्जय सिंहले एउटा भीडियो जारी गरी भनेका छन्, आज बिहान थाहा लाग्यो कि मेरा सहयोगीद्वय अजित त्यागी तथा सर्वेश मिश्राको घरमा ईडीले छापामारीको कारबाही गरिरहेको छ। म ईडीलाई यति नै भन्न चाहन्छु कि न त म झुक्नेछु न त रोकिने नै छु। हामी सारा देश सामु ईडीको कसरी दुरूपयोग गरिँदैछ भन्ने कुरालाई उजागार गर्नेछौं।
-हिस










