नयॉं दिल्लीः मध्य प्रदेशको देवासमा इन्दौर-भोपाल बायपासमा जेल चौराहामा बुधवार बिहान लगभग चार बजी भएको दुर्घटनामा चार जनाको मृत्यु भयो। मृतकहरूमा एकै परिवारका तीन सदस्य र अन्य एक व्यक्ति सामेल छन्। उक्त जानकारी पुलिसले दिएको हो।
पुलिस अनुसार, यो दुर्घटना एउटा अटो र डम्पर ठोकिॅंदा भएको हो। डम्पर डिभाइडरलाई भत्काउॅंदै अटोसॅंग ठोकिएर पल्टियो। मृतकहरूमा अटोमा यात्रा गरिरहेका तीन यात्री र डम्परका एक व्यक्ति सामेल छन्। दुर्घटनामा दुई जना गम्भीर रूपमा घाइते भएका छन्। मामिला दर्ता गरिएको छ।
मृतकहरूलाई चिन्हित गरिएको छ। अटोमा यात्रा गरिरहेका सागर निवासी रानी र उनका दुई नाबालिग छोरा तथा डम्परका धमेन्द्रको मृत्यु भएको छ। अटो ड्राइभर बबलू गम्भीर रूपमा घाइते भएका छन्।
-हिस










