दार्जिलिङ: दार्जिलिङका लोकप्रिय लोकसभा सांसद राजु विष्टले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) का प्रमुख विमल गुरुङलाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै सांसद विष्टले गुरुङलाई ‘दाजु’ सम्बोधन गरेर आत्मीयता प्रकट गर्नुभएको हो। उनले विमल गुरुङको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै लेख्नुभएको छ, “महाकाल बाबाको आशिर्वाद हजुरमाथि सधैं वर्षिरहोस् र तपाईंले यसैगरी हाम्रा जनता र राष्ट्रको सेवामा निरन्तर लागिरहन सकून्।”
राजनीतिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहनुभएका नेता गुरुङलाई जन्मदिनको अवसरमा सांसद विष्ट लगायत थुप्रै शुभचिन्तकहरूले बधाई तथा शुभकामना दिइरहेका छन्।










