ससुराली पक्षले घरेलु महिलालाई विष खुवाएर हत्या गरेको आराेप

Chhetriya-Samachar-1

राजगञ्ज: ससुराली पक्षले घरेलु महिलालाई विष खुवाएर हत्या गरेको घटनाले राजगञ्जको आक्रिगाछ गाउँमा सनसनी फैलिएको छ। मृतक गृहिणीका परिवारले ससुराविरुद्ध राजगञ्ज प्रहरी चौकीमा उजुरी दर्ता गरेका छन्।
सन्यासिकता ग्राम पञ्चायत अन्तर्गत पश्चिम बालाबारी गाउँका मोहम्मद इमरानको विवाह राजगञ्जको बिन्नागुरी ग्राम पञ्चायतको आकरीगाछ गाउँकी सहेना बेगमसँग भएको थियो। उनको चार महिनाको छोरा पनि छ। बिहेदेखि नै सासुससुराले सहनालाई दाइजोको माग गर्दै मानसिक तथा शारीरिक यातना दिने गरेको आरोप छ। नोभेम्बर १३ मा उनी माथि गरिएको यातना चरम सीमामा पुगेको थियो। मृतकका परिवारले सहनालाई विष खुवाइएको आरोप लगाएका छन्। गम्भीर अवस्थामा उनलाई फुलबारीस्थित निजी अस्पतालमा भर्ना गरिएको थियो।
अन्तत पीड़ितको स्वास्थ्यमा सुधार नआएपछि दुई दिनअघि उनलाई माइतीघरमा ल्याइएको थियो। आज बिहान उनले दम तोडिन्। घटनापछि मृतकका परिवारले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। यता, घटनापछि ससुराहरु फरार छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

Advertisement