सप्तकोसी न्यूरो अस्पतालका सम्राट कराखेती समातिए

IMG-20241208-WA0185

सुनसरी: सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा रहेको सप्तकोसी न्यूरो अस्पतालका सम्राट कराखेतीलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार राति भोक्राहा नरसिंह गाउँपालिका-५ का याकुब मियाँको उपचारका क्रममा मृत्यु भएपछि आइतबार मृतकका आफन्तसहितका व्यक्तिहरूले घटनाबारे छलफल गर्न अस्पताल पुगेका थिए। छलफलका क्रममा मृतकका आफन्तले अस्पताल घेरी नाराबाजी गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो।
यस क्रममा सम्राट कराखेतीले खुकुरी देखाएको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। घटना पश्चात प्रहरीले स्थिति नियन्त्रणमा लिन थप अनुसन्धान अघि बढाएको छ।

About Author

Advertisement