सलोनी राई स्मृति नक्आउट फूटबलः युनाइटेड ब्रदर्स (मानेभञ्ज्यांग) च्याम्पियन

IMG-20221106-WA0267.jpg

६ नोभेम्बरः हिमगिरी युथ क्लब, मंगपूको तत्त्वावधानमा आयोजित सलोनी राई स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड ब्रदर्स (मानेभञ्ज्यांग) च्याम्पियन भयो। शारदा हाई स्कूल नजिक मंगपू डीविजनल ग्राउण्डमा आज खेलिएको फाइनल म्याचमा युनाइटेड ब्रदर्सले शक्ति संघ कालीझोड़ालाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट मासुकेले २ अनि स्टेफनले १ गोल गरे। यसरी नै शक्ति संघबाट नीरज कार्की र बोयो-ले १-१ गोल गरे। यस नाइन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

व्यक्तिगत पुरस्कारहरूमा युनाइटेड ब्रदर्सका मासुकेले प्लेयर अव् द म्याच अनि सोनम राईले प्लेयर अव् द टुर्नामेण्टको ट्रफी जिते। शक्ति संघका अभिजीतले बेस्ट गोलकीपरको ट्रफी जिते। यसरी नै प्रशान्ति ग्राम (मंगपू)-ले बेस्ट टीमको खिताब जित्यो।

About Author

Advertisement