मेगा फूटबल टुर्नामेण्टः कालेबुङ पुलिस सेमिफाइनलमा

photocollage_202211619921858.jpg

६ नोभेम्बरः डुवर्स होपको तत्त्वावधानमा आयोजित मेगा फूटबल टुर्नामेण्टको दोस्रो सीजन (कृष्ण बुड़ाथोकीको स्मृतिमा)-मा आइतवार खेलिएको चौथो क्वार्टर फाइनल म्याचमा कालेबुङ पुलिसले जीत हासिल गऱ्यो। बाग्राकोट टी गार्डनको भानु मैदानमा आज भएको म्याचमा कालेबुङ पुलिसले गुल्मा राइजिंग -लाई २-०-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रयास प्रधान र रोहन तामाङले गोल गरे। कालेबुङ पुलिसका प्रयास प्रधानलाई प्लेयर अव् द म्याच चयन गरियो। यस इलेभेन ए साइड टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल ८ र १० नोभेम्बरमा खेलिनेछ। यसरी नै फाइनल १३ नोभेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजीत खड़काले जनाएका छन्।

About Author

Advertisement