भद्रपुर: वर्षदिन पुग्दा पनि सरकारले पुनर्निर्माणको कार्यविधि नै ल्याउन सकेको छैन। भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०२३ तयार गरेर टहरा निर्माणका लागि तत्कालै प्रति परिवार ५० हजार अनुदान व्यवस्था गर्ने जनाएको सरकारले उक्त रकम पूरा पनि दिन नसकेको बताइन्छ।










