खरसाङ: खरसाङको लङभ्यू पंखाबारी अम्बटे समष्टिका सभासद कल्पना प्रधान भारतीय जनता पार्टीमा सामेल भएपछि समष्टिका कार्यकर्ताहरुको प्रतिक्रिया दिएका छन्। लङ्गभ्यू पंखबारी अम्बटे समष्टिकी सभासदले पार्टी छोडेता पनि समष्टिका कार्यकर्ता अनि समर्थकहरु आज पनि अनित थापाको नेतृत्वको पछि नै उभिएको बताएका छन्। आज पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई माया गरेर बस्ने समर्थकहरू समष्टिमा रहेको एक भिडियो जारी गर्दै बताएका छन्। उनीहरुले एक भिडियो जारी गर्दै भने, ‘हामी हिजाे पनि अनित थापा ज्यू सँग थियौं। भोली पनि रहनेछौं।’









