सभासद अरूण छेत्रीद्वारा क्षेत्र निरीक्षणसँगै बाटोको लागि सर्भे

00-IMG_20230208_152144

दार्जीलिङ: आज चुङथुङ-मेरीबुङ-तामसाङ समष्टिअन्तर्गत तामसाङ मोटा धुरादेखि पेम्बुङ डाँडा गाँऊको रोड जोरबङ्गलो सुकेपोखरी इन्जिनियरिङ डिभिजनका अभियन्ताहरूको सहयोगमा सभासद् सन्दीप छेत्रीको पहल अनि समष्टि अध्यक्ष अरूण छेत्री, उपाध्यक्ष गोबिन्द गुरूङ, सचिव ललित तामङ युवा शक्ति कार्यकारी अध्यक्ष सुन्दर राई, पेम्बुङ शाखा अध्यक्ष अरूण छेत्री सचिव प्रभात राईको उपस्थितिमा सर्भे गरियो। सभासद छेत्रीले जीटीएका प्रमुख कार्यपाल अनित थापालाई बाटोको निम्ति निवेदन गर्ने जनाएl लिङ्गिया तिलक घुरादेखि तामसाङसम्मको बाटो चुनाव अघि अधुरो बनिएको थियो, तर चुनाव पछि अनित थापाकै पहलमा पूर्ण रूपमा बनिएको जानकारी गराएl समष्टिमा पानीको कार्य युद्धस्तरमा भइरहेको साथै अन्य विकासमूलक कार्यहरूको पहल भइरहेको जानकारी सभासद् सन्दीप छेत्री दिएको विज्ञप्ति मार्फत समष्टि मिडिया सेलको पक्षबाट सञ्जय गुरुङले दिएका छन्।

About Author

Advertisement