एसएसबी ५३ वाहिनीद्वारा निःशुल्क ब्युटिशीयन प्रशिक्षण

5dbe7c67-f029-4a33-a9d7-da5de0f5bebb

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा बुधबार कालचिनी खण्डको भारत भोटाङ सीमान्त गाउँ सेन्ट्रल डुवर्स चियाबारीको पाना गाउँको कम्युनिटी हलमा निःशुल्क ब्युटिशीयन प्रशिक्षणको शुभारम्भ गरिएको जानकारी एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय सुत्रले दिएका छन। जम्मा २५ जना गाउँले महिलाहरूलाई ३० दिनको निम्ति यो प्रशिक्षण शुरु भएको एसएसबी सुत्रले जनाएका छन्। एसएसबीको नागरिक कल्याण कार्यक्रम अन्तर्गत एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कार्यवाहक कमान्डेन्ट धीरज कुमार, द्वितीय कमान अधिकारी सौमेन राय, खोकला प्रभारी दिवाकर यादव तथा अन्यान्यको उपस्थिति रहेको थियो।
एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजनामा गत बर्ष पनि यस्तै कल्याणकारी कार्यक्रम, निःशुल्क प्रशिक्षण, खेलकुद सामग्री वितरण र सचेतना कार्यक्रमहरू सम्पन्न भएको र यस बर्ष पनि यस्तै कार्यक्रमहरू कम्प्यूटर प्रशिक्षण, सिलाई प्रशिक्षण, ब्युटिशीयन प्रशिक्षण आदि कार्यक्रम सम्पन्न गर्ने योजना रहेको एसएसबी सुत्रले जनाएका छन।

About Author

Advertisement