सप्तश्री ज्ञानपीठको अण्डर-१९ बोइज टीम कलकत्तामा

IMG-20230710-WA0094.jpg

१० जुलाईः कालेबुङको सप्तश्री ज्ञानपीठको अण्डर-१९ बोइज फूटबल टीमले सीआईएससीई रिजनल अण्डर-१९ फूटबल टुर्नामेण्टमा हिस्सा लिन कलकत्ता पुगिसकेको छ। टुर्नामेण्टको आयोजन कलकत्ताको सेण्ट थोमस बोइज स्कूलमा हुनेछ। स्कूलको १८ सदस्यीय टीमको साथमा प्रशिक्षक बबलू गुप्ता अनि म्यानेजर यश खर्ग पनि रहेका छन्। टुर्नामेण्टमा सप्तश्री ज्ञानपीठ ग्रुप ए-मा रहेको छ अनि टीमको पहिलो म्याच १० जुलाईमा ला मार्टिनर्स बोइज स्कूल विरुद्ध रहेको छ। कालेबुङबाट सेण्ट अगस्टिन स्कूलको टीमले पनि टुर्नामेण्टमा हिस्सा लिनेछ।
सप्तश्री ज्ञानपीठको टीमः
आर्यन लेप्चा, प्रयास सुन्दास, प्रवल विश्वकर्मा, सोहिल भुजेल, बिमोस रसाईली, अर्पण छेत्री, रेहान गुरुङ, सांगे तामाङ, आर्यन छेत्री, नविन तामाङ, आशिष राई, गौरव राई, टाशी डी तामाङ, छोग्याल तामाङ, शुभंकर राई, सुशान्त ब्लोन, डुप्छेन तामाङ, विभान्त प्रधान।

About Author

Advertisement