फाम्ताममा गाई वितरण

photocollage_20237100029363.jpg

गान्तोक: दक्षिण सिक्किमको बरफुङ निर्वाचन क्षेत्र अन्तर्गत फाम्ताम वार्डमा स्थानीय समाजसेवी नर्बू भोटियाको तर्फबाट गौपालन व्यवसायमा रुचि राख्ने परिवारलाई दुहुना गाई वितरण गरियो। रालोङ, जुम्थाङ निवासी भोटियाले आफ्नै खर्चमा वार्ड पञ्चायत र क्षेत्रका जनताको मागलाई पूरा गरेको उल्लेख गरेको छ। गाई वितरणपछि लाभान्वित परिवारले भोटिलाई कृतज्ञता व्यक्त गरे। पशुपालन व्यवसायगरि खानेलाई जीविकोपार्जनको लागि सहयोग गरेको थियो। भोटियाले आफ्नो निजि खर्चबाट उन्नत प्रजातिका दुहुना गाई ल्याएर गाउँका गरिब जनतालाइ गरिखानका लागी सहयोग पुऱ्याएको हो।

About Author

Advertisement