नारीको नाममा संस्थाको नाम राखिनुले नारीहरूका उत्थानको लागि कार्य हुन्छ भन्ने आशा छ: रंगु सौरिया
सिलगढी: आज सन्तमाया फाउण्डेशनको उदघाटन समारोह सम्पन्न भएको छ। उक्त उदघाटन समारोह सिलगढीको प्रधान नगरस्थित सेवा केन्द्र भवनमा सम्पन्न भएको छ। उक्त समारोह पूर्व एडीएम गोपाल लामाको अध्यक्षता र सामाजिक कार्यकर्ता एंव कञ्चनजंघा उध्दार केन्द्रकी सचिव रंगु सौरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। विगत एक वर्षदेखि विभिन्न सामाजिक सेवाको कार्य गर्दै आएका सन्तमाया फाउण्डेशनको उदघाटन आज आधिकारिक रूपमा गरिएको छ जसलाई फाउण्डेशनका संस्थापक सञ्जित सापकोटाले आधिकारिक रूपमा गरेका छन्।

फाउण्जेशनका संयोजक नोर्देन नोर्गे शेर्पाले स्वागत सम्भाषण राखेपछि थालिएको कार्यक्रममा स्वागत गीत बिमल दर्नालले प्रस्तुत गरेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पूर्व सांसद समन पाठक, पत्रकार एंव कञ्जनजंघा उध्दार केन्द्रका प्रभात पाठक र चेतन गुरुङ, मानधिकार कालेबुङका सोनाम भूटिया लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा सामाजिक कार्यकर्ता एंव कञ्जनजंघा उध्दार केन्द्रकी सचिव रंगु सौरियालाई सन्तमाया फाउण्डेशनको पक्षबाट सम्बर्ध्दना जनाइएको थियो। यस अवसरमा उनलाई सन्तमाया फाउण्डेशनका सभापति सञ्जित सापकोटा र समारोह अध्यक्ष गोपाल लामाको बाहुलीबाट खदार्पणसहित शल ओढ़ाएर सम्बर्ध्दना पत्र प्रदान गरेर सम्बर्ध्दना जनाइएको थियो। उक्त सम्मान रंगु सौरिया साथै प्रभात पाठक र चेतन गुरुङले संयुक्त रूपमा ग्रहण गरेका थिए।

कार्यक्रममा सन्तमाया फाउण्डेशनको गठन, कार्यहरू र यसको मुख्य उद्देश्य विषयमा सभापति सञ्जीत सापकोटाले आफ्नो वक्तव्यमा बताएका छन्। कार्यक्रममा बिमल दर्नाल, आलोक चक्रवर्ती, बिनोद सुनाम आदिले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि रंगु सौरियाले आफ्नो सम्बोधनमा नारीको नाममा राखिएको नाम साह्रै राम्रो रहेको बताउँदै यो एनजीओले भविष्यमा पनि राम्रो कामहरू गर्ने आशा व्यक्त गरेकी छन्। उनले अहिले एनजीयोहरू खोलिएर सरकारले गर्न नसकेको कार्यहरू गरिरहेको छ। तर एनजीओ पैसा आउँछ भनेर मात्र खोलेर हुँदैन तर सेवाको भावना हुनुपर्छ भनी बताइन्। उनले सन्तमाया फाउण्डेशन नारीको नाममा राखिएकोले नारीहरूको भलाई र उन्नतिको लागि कार्य गर्नेछ भनी आशा व्यक्त गरिन्। कार्यक्रममा धन्यवाद ज्ञापन सचिव दानियल छिरिङ लामाले राखेका थिए। कार्यक्रममा समारोह अध्यक्ष पूर्व एडीएम गोपाल लामाले आफ्नै आमाको नाममा संस्थाको नाम राख्नु असल कुरा हो भन्दै यस संस्थाले बालिकाहरूका शिक्षाको लागि कार्य गर्नेछन् भनी आशा रहेको बताइन्। उनले एनजीओहरूका कारणले अहिले सरकारलाई केही सजिलो भएको छ भन्दै एनजीओ खोल्नु राम्रो कुरा हो तर समयको पनि ख्याल गर्नु नितान्तै आवश्यक हुन्छ किनभने संस्थाको महत्व यसमै लुकेको हुन्छ भनी बताए।










