कोलकाताः पश्चिम बंगाल सरकार र राज्यपाल डा. सीवी आनन्द बोसबीच नयाँ प्रकारले फेरि मतभेद शुरू भएको छ। स्वतन्त्रता दिवसको दिन कैदीहरूलाई मुक्त गरिने सूची राजभवनको तर्फबाट फर्काइएको छ। राज्यपालको भनाई छ, १५ अगस्तको निम्ति पठाइएको सूची त्रूटिपूर्ण छ। यसैले उनले यस सूचीबारे स्पष्टीकरण मागेका छन्। गवर्नर बोसले जान्न चाहन्थे, यो सूची कुन आधारमा तयार पारिएको छ।
वस्तुतः १५ अगस्त र २६ जनवरीबीच जेलहरूमा बन्द विभिन्न कैदीहरूको सूची तयार पारिन्छ। यस सूचीमा ती कैदीहरूको नाम हुन्छ, जसको राम्रो व्यवहारको काऱण मुक्त गरिने हुन्छ। राज्य सरकारको जेल विभाग, गृह विभाग, कानून र न्याय विभागले धेरै पहलुहरूमा जाँचपछि यो सूची तयार पार्छन्। फेरि यसलाई स्वीकृतिको निम्ति राज्यपाल कहाँ पठाइन्छ।
यस पाली पनि सूची तयार पारेर राजभवनमा पठाइएको थियो तर राज्यपालले कुन आधारमा सूची तयार पारिएको छ, त्यसको विस्तृत जानकारी दिनु भनेर यसलाई फर्काएका छन्। यसबाट राज्य सरकारको साथ नयाँ प्रकारले मतभेद बढ्न सक्ने बताइँदैछ।
-हिस










