सड़क दुर्घटनामा माध्यमिक परीक्षार्थी घाइते

IMG-20230528-WA0320-5-300x172-9

राजगञ्ज: माध्यमिक परीक्षा दिएर घर फर्किरहेको समय सडक दुर्घटनामा परेर एकजना माध्यमिक परीक्षार्थी घाइते भएको छ। उक्त घटना साहुडाँगी-आमबाड़ी राजकीय सड़कमा साहुडाँगी संलग्न क्षेत्रमा भएकाे हाे। घाइते माध्यमिक परीक्षार्थीको नाम मन्तादारी ग्राम पञ्चायतको शिमुलगुड़ी क्षेत्रका वासिन्दा बिकी राय हो। स्थानीय मानिसहरूले बताए, बिकी आमबाड़ी फालाकाटा चिन्तामोहन उच्च विद्यालयका छात्र हुन्। उसको परीक्षा केन्द्र साहुडाँगी हाट पीके राय उच्च विद्यालयमा परेको छ। परीक्षा लेखेपछि बिकी आफ्ना अन्य सहपाठीहरूसित बाइकमा सवार भई घर फर्किरहेका थिए, त्यसैबेला साहुडाँगी संलग्न आमेति मोड़ क्षेत्रमा बाइक अनियन्त्रित भएर सड़कमा पल्टियो जसले गर्दा बिकी गम्भीर रूपमा घाइते भए। दुर्घटनामा उसका सहपाठीहरूलाई सामान्य चोट लागेको छ। घटनापछि बिकीलाई राजगञ्ज ग्रामीण अस्पतालमा पुऱ्याइयो जहाँ उसको उपचार भइरहेको छ।

About Author

Advertisement