आईएफए शील्ड गोर्खा चेली फूटबल टुर्नामेण्ट ११ फरवरीदेखि

IMG-20240202-WA0203.jpg

खरसाङ, २ फरवरीः महिला फूटबल खेल र खेलाड़ीहरूलाई प्रोत्साहन प्रदान गर्ने लक्ष्यको साथ खरसाङ फूटबल एसोसिएशन (केएफए)-ले इण्डियन फूटबल एसोसिएशन (आईएफए)-सँग मिलेर आईएफए शील्ड गोर्खा चेली फूटबल टुर्नामेण्टको आयोजन गर्नेछ। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए-को सहयोगमा उत्तर बंगालकै सबैभन्दा ठूलो यस महिला टुर्नामेण्टको शुरुवात ११ फरवरीदेखि हुनेछ। चानमारी खेल मैदानमा हुने यस प्रतिष्ठित टुर्नामेण्टमा ओडिशा, सिक्किम, एसएसबी रानीडांगा (नेशनल इण्टर फोर्सेस टुर्नामेण्ट च्याम्पियन), श्रीभूमि एफसी (कन्याश्री कप च्याम्पियन), नेपाल, जीटीए एकादश, कालेबुङको देबाञ्जन शेयर फाउण्डेशन र रोयल भूटान एफसी-को महिला टीमले हिस्सा लिनेछ। टुर्नामेण्टको आधिकारिक फिक्स्चर चाँड़ै जारी गरिनेछ।

About Author

Advertisement