सडकदेखि रेलमार्गसम्म…

IMG_46c4b22c-4c62-4afe-ba2d-30cd627c3937

प्रगति सत्रमा प्रधानमन्त्री मोदीद्वारा ७८ हजार करोडका परियोजनाको समीक्षा

​नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘प्रगति’ सत्रमार्फत ७८,००० करोड भारतीय रुपैयाँभन्दा बढीका विभिन्न विकास परियोजनाहरूको समीक्षा गरेका छन्। बुधबार ‘सेवा तीर्थ’ मा प्रधानमन्त्री मोदीको अध्यक्षतामा सम्पन्न प्रगतिको ५५औँ बैठकमा सडक, रेलमार्ग, विद्युत् र कोइला क्षेत्रका मुख्य परियोजनाहरूको प्रगतिबारे छलफल भएको हो।
​बैठकमा भारतको औद्योगिक प्रशिक्षण संस्थान (आईटीआई) प्रणाली र ‘पीएम-सेतु’ योजनाको कार्यान्वयनबारे समेत विस्तृत समीक्षा गरिएको छ। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत सीप विकास सरकारको सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गरेका छन्। केन्द्र र राज्य सरकारहरूलाई एउटै मञ्चमा ल्याउने सूचना प्रविधिमा आधारित बहुआयामिक मञ्च ‘प्रगति’ को मुख्य उद्देश्य सक्रिय शासन प्रवर्द्धन गर्नु र परियोजना कार्यान्वयनमा देखिने अवरोधहरू हटाउनु हो।
​ढिलासुस्तीले लागत र अर्थतन्त्रमा असर
बैठकमा प्रधानमन्त्री मोदीले पूर्वाधार परियोजनामा हुने ढिलासुस्तीले निर्माण लागत मात्र नबढाई नागरिक, व्यवसाय र समग्र अर्थतन्त्रले पाउने लाभसमेत पछि धकेलिने बताए। उनले सम्बन्धित मन्त्रालय र राज्य सरकारहरूलाई स्पष्ट जिम्मेवारी तोकेर व्यावहारिक समयसीमाभित्रै विचाराधीन समस्या समाधान गर्न आग्रह गरे।
​गुणस्तर र सम्मानजनक पुनर्वासमा जोड
परियोजनाहरू समयमै सम्पन्न गर्नुका साथै निर्माणको उच्च गुणस्तर कायम राख्नुपर्नेमा प्रधानमन्त्रीले विशेष जोड दिए। सडक परियोजनाको समीक्षा गर्दै उनले खर्च गरिएको रकमभन्दा पनि त्यसबाट प्राप्त हुने परिणाममा ध्यान केन्द्रित गर्न निर्देशन दिए। यस्तै, कोइला परियोजनाको समीक्षाका क्रममा उनले आयोजना समयमै सक्नुका साथै प्रभावितहरूको विस्थापन तथा पुनर्वासको कार्य समयबद्ध र सम्मानजनक ढङ्गले सम्पन्न गर्न निर्देशन दिएका छन्।

About Author

Advertisement