सञ्चमान लिम्बू सरकारी महाविद्यालयको विद्यार्थी प्रतिनिधि परिषद् निर्वाचन सम्पन्न

FB_IMG_1794588098399

अध्यक्षमा बङ्गामिन लिम्बू विजयी

​गेजिङ: गेजिङ जिल्लाको आरिगाउँस्थित सञ्चमान लिम्बू सरकारी महाविद्यालयमा आज विद्यार्थी प्रतिनिधि परिषद् (एसआरसी) को निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचनमा बङ्गामिन लिम्बू अध्यक्ष पदमा विजयी भएका छन्।
​त्यसैगरी, परिषद्को अन्य प्रमुख पदहरूमा नुनम लिम्बू उपाध्यक्ष, निकित पौडेल महासचिव तथा दिनेश शर्मा कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। अन्य विभागीय सचिवहरूमा अर्बिना सुब्बा (सांस्कृतिक सचिव), विजय विश्वकर्मा (खेलकुद सचिव) र दिप्शन छेत्री (साहित्यिक सचिव) विजयी बनेका छन्। यसका साथै, कक्षा प्रतिनिधिको पदमा बीए तेस्रो सेमेस्टरबाट भानु छेत्री र बीकम तेस्रो सेमेस्टरबाट रोहित राई निर्विरोध निर्वाचित भएका छन्।
​शिक्षा विभागको कार्यालय आदेशबमोजिम महाविद्यालयले विद्यार्थी प्रतिनिधि परिषद्को चुनाव सञ्चालन गरेको हो। महाविद्यालय निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिअनुसार अध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा कक्षा प्रतिनिधिलगायत विभिन्न पदका लागि कुल १८ जनाको उम्मेदवारी परेको थियो।
​निर्धारित कार्यतालिकाअनुसार आज बिहान ८:०० बजेदेखि दिउँसो १:०० बजेसम्म मतदान भएको थियो भने दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म मतगणना सम्पन्न गरी अन्तिम नतिजा सार्वजनिक गरिएको थियो। नतिजा घोषणासँगै नवनिर्वाचित सम्पूर्ण प्रतिनिधिहरूको शपथ ग्रहण समारोहसमेत सम्पन्न भएको छ।
​महाविद्यालयका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरूले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

About Author

Advertisement